प्युठान । जिल्लाका समाजसेवी शिवराज श्रेष्ठलाई सिउ गूठी खलंगा प्युठानले सम्मान गरेको छ ।
गूठीका सदस्य श्रेष्ठलाई आज गूठी पुजाको अवसरमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । श्रेष्ठले गूठीको संस्थागत बिकासका लागि गत साल ५० हजार नगद सहयोग गर्नुभएको थियो ।
राम्रो सोचका साथ अग्रजहरुले गूठीको स्थापना गरेकोले त्यसलाई संस्थागत बनाउन सबैले सहयोग गर्नुपर्ने श्रेष्ठले बताउनुभयो । उहाँले गूठीले मान्छे मर्दाको बेला सहयोग गर्ने भएको हुँदा सबैलाई सहज भएको उल्लेख गर्नुभयो ।
गूठीको बिधान बनाउन देबेन्द्रराज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिती बनाइएको छ । जसको सदस्यमा बिनोद श्रेष्ठ र सुजल श्रेष्ठ रहनुभएको छ ।
१९८५ सालदेखी सिउ गूठी संचालनमा आएको अध्यक्ष द्वारिका प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गूठी पुजाको लागि ट्रस्ट, जग्गा ब्यबस्थापन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।