> राष्ट्रिय > प्यूठान नगरपालिकाकाे शिक्षा शाखामा तालावन्दी


प्यूठान नगरपालिकाकाे शिक्षा शाखामा तालावन्दी

प्यूठान । अनेरास्ववियु प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा तालावन्दी गरेको छ ।

 

फोटो : प्यूठान नगरपालिकाको शिक्षा शाखामा गरिएको तालावन्दी ।

मुक्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक विष्णु पोख्रेललाई प्यूठान नगरपालिकाले विद्यालयमा नियमित अध्यापनमा नखटाई कार्यालयको आन्तरीक कामकाजमा खटाउँदै आएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत दिएकाले विद्यालय फर्काउन माग गर्दै आज शिक्षा शाखामा तालावन्दी गरेको हो ।

 

उक्त विषयमा अनेरास्ववियुले पत्रकार सम्मेलन गरी नगरपालिकालाई आग्रह गरेको थियो । अनेरास्ववियुको मागलाई नगरपालिकाले वेवास्ता गरेकोको भन्दै गल्ती कमजोरी सच्याउन माग गर्दै तालावन्दी गरेको अध्यक्ष जाल बहादुर केसीले बताउनुभयो ।

 

अनेरास्ववियुले निकालेको प्रेस विज्ञप्ती ।

पोख्रेल स्थानीय तह बनेदेखी काजमा कार्यरत

पोख्रेल ०६९ सालदेखी साविकको जिल्ला शिक्षा कार्यालयमा स्रोत व्यक्ति हुनुहुन्थ्यो । पोख्रेललाई स्थानीय तह बनेपछि स्थानीय तह(प्यूठान नगरपालिका)मा पठाएको हो । शिक्षा कार्यालयमा काम गर्दा काजमा हुने गरेको र विद्यालयमा सट्टा शिक्षक हुने गरेको पोख्रेलले प्यूठान समाचारलाई बताउनुभयो ।

 

 

अहिले पनि आफू काजमा रहेको उहाँले बताउनुभयो । आफ्नो सट्टामा विद्यालयमा शिक्षक रहेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीको माग नगरपालिकासँग सम्वन्धित भएकाले नगरपालिकासँग यो विषय सम्वन्धित हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *