> राष्ट्रिय > राष्ट्रिय बाल साहित्य सम्मेलनको प्रतिनिधि सभा सदस्य सुर्य थापाबाट उद्घाटन


राष्ट्रिय बाल साहित्य सम्मेलनको प्रतिनिधि सभा सदस्य सुर्य थापाबाट उद्घाटन

प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा शुरु भएको छ । बिहान सदरमुकाम खलंगामा प्रभातफेरी पछि जनता माध्यमिक विद्यालय बाग्दुलामा सम्मेलनको प्रतिनिधिसभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको हो ।

 

कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि थापाले सम्मेलनले जिल्लाको साहित्यसंगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्रममा करीब डेढ दर्जन कृति बिमोचन भएकोमा खुशी व्यक्त गर्नुभयो । जिल्लाको पहिचानलाई देशमा चिनाउनका लागि यस्ता गतिविधिले भुमिका खेल्ने बताउनुभयो ।

सम्मेलनमा प्युठान : हिजो, आज र भोलि बिषयमा टक शो सप्पन्न भएको छ एक घण्टा भएको छ्लफलमा प्रतिनिधि सभा सदस्य सुर्य थापा, प्रदेशसभा सदस्य नीमा गिरी र प्युठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगी सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण घनश्याम अस्तित्वले गर्नुभएको थियो ।


सम्मेलनमा कथा लेखन, निवन्ध, कविता, चित्रकला, नृत्य, अभिनय कार्यशाला भएको छ । त्यसैगरी कथा लेखन र हस्त लेखनको प्रतियोगिता समेत सञ्चालन भएको छ ।

सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप, पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा गरिएको छ । साथै जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सम्मेलनले टेवा पुर्‍याउने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेलले बताउनुभयो । उहाँले अहिलेका बालबालिकामा पठनशीपको कमी हुदै गएकाले यो सम्मेलनले थप जागरुक बनाउने बताउनुभयो ।


शिक्षा बिकास तथा समन्वय ईकाई प्युठानका प्रमुख शिवराज पण्डितले सम्मेलन जिल्लाको बालबालिकाको सिकाई वृद्धि गर्न महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । उहाँले बालबालिकालाई सही पुस्तक र विषय छनौट गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकारदेखी जिल्लाका बिभिन्न स्थानीय तहबाट बालबालिकाको सहभागिता रहेको बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले बताउनुभयो । उहाँले जिल्ला बाहिरबाट आएका साहित्यकारलाई जिल्लाको पर्यटकीय क्षेत्रको अबलोकन समेत गराईने उहाँको भनाई छ ।

बालसाहित्य समाजको आयोजनामा भएको सम्मेलनमा प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, राप्ती साहित्य परिषद्, साहित्य परिषद प्युठान, लुम्बिनी वांगमय प्रतिष्ठान नेपाल प्युठान शाखा, जनता माध्यमिक विद्यालय बाग्दुला, नेवा : खल प्युठान, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, नेपाल पत्रकार महासंघ प्युठान, प्युठान वांगमय केन्द्र काठमाण्डौ, प्युठान उद्योग वाणिज्य संघ, कालिका विकास केन्द्र नेपाल र भित्रिकोट सामुदायिक सिकाई केन्द्र स्थानीय आयोजक रहेको सम्मेलन संयोजक बिमला खनालले जानकारी दिनुभयो । सम्मेलन भोलिसम्म चल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *