कृष्णराज पाण्डेय
बुटवल । मल्लरानी गाउँपालिका–३ बर्वोटका डा. राजेन्द्र पौडेल हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । डाक्टर पौडेलले पोखरामा बसेर प्यूठानी विरामीको नि:शुल्क उपचार गराउँदै आउनुभएको छ ।
शुक्रवार आपँको रुखबाट लडेर घाइते भई हात र खुटा भाचिएका नौवहिनी गाउँपालिका–६ का विनायक के.सी.को सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया भएको छ । सात वर्षीय केसीको अर्थोपेडिक सर्जन डाक्टर झविन्द्र पोख्रेलको नेतृत्वमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया टिममा रहेका डा. सरोज चन्द्र दाहाल, डा.राजेन्द्र पौडेल शल्यक्रिया गर्नुभएको थियो ।
डा. पौडेलले सवै उपचार खर्च नि:शुल्क गरिदिएपछि विनायकको आमा बसन्तालाई आफूले साँच्चिकै भगवान भेटेको अनुभुति भएको छ । नौ बर्ष अगाडी आफना श्रीमान किड्नी फेल भएर मृत्यु भएपछि आर्थिक रुपमा समस्या भोग्दै आउनुभएकी बसन्तालाई छोराको नि:शुल्क उपचारले राहत मिलेको छ ।
बसन्ता कुमारी केसीको सहारा भएका छन अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेल सम्पुर्ण खर्च निशुल्क उपचार ,विरामीलाई व्यक्तिगत खर्चमा खाना खाजा को व्यवस्थापन गर्नुभएकाे छ ।
‘मेरो भगवान नै उहाँ डाक्टर साव हुनुहुदोरहेछ,’ गहभरी आसु निकाल्दै बसन्ताले भन्नुभयो,‘आफन्तले भन्दा भन्दा बढि सहयोग गर्नभयोे ।’ हामी जस्ता गरीवलाई सहयोग गरेर धर्म कमाउनुभएको छ ।
हालै प्यूठान नगरपालिका–५ का देवे घर्तिमगरको भाँँचिएको हातको नि:शुल्क शल्यक्रिया भएको छ । आर्थिक अभावमा हात भाँचिएर पनि उपचार हुन नसकेको घर्तिमगरको डाक्टर पौडेलकै सहयोगमा उपचार सम्भव भएको हो । ‘हात भाँचिएको र उपचार गर्न नसकेर बांगो भएको रहेछ,’ उपचारका समन्वय गर्नुभएका एकराज भण्डारीले भन्नुभयो,‘नि:शुल्क रुपमा उहाँको हातको शल्यक्रिया भएको छ ।’ डाक्टर पौडेल असहया, अशक्त, गरीवहरुको मनमुटुमा बस्न सफल भएको भण्डारी बताउनुहुन्छ ।
यसअघि पनि जिल्लाका विभिन्न ठाउँका ब्यक्तिले डाक्टर पौडेलको सहयोगमा उपचार पाएका छन । डाक्टर पौडेलले आफू जहाँ रहेपनि प्यूठानीको लागि सेवा गरिरहने बताउनुहुन्छ । उहाँले गरीव, असहाय व्यक्तिको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने गरेको र आगामी दिनमा पर्ने गर्ने बताउनुभयो ।













