प्यूठान । जिल्ला अस्पताल बिजुवारको शौचालयमा एक जना विरामी कुरुवा मृत फेला परेका छन् । लुृंग्री गाउँपालिका–३ चिउरीपाखा सिर्प रोल्पाका ४० वर्षीय तेजबहादुर घर्ति मगर प्रसुति गृहमा रहेको शौचालयमा मृत फेला परेका हुन् ।
आफ्नो गर्भवती भान्जी लिएर उनी तीन दिन अघि अस्पताल आएका थिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा शौचालयमा लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । रातिको समयमा शौचालयमा विद्युत नभएको अवस्थामा घटना भएको अस्पताल श्रोतले जनाएको छ ।
मृतक घर्तिको घरमा आममा, श्रीमति, २ छोरी र एक छोरा रहेको अस्पताल श्रोतले जनाएको छ ।
