प्युठान । झिमरुक गाउँपालिका भित्रका ग्रामिण भेगमा जनतालाई कसरी सुरक्षित खानेपानी उपयोग गराउन सकिन्छ र खानेपानी प्रयोगमा उपभोक्तहरुले कस्तो सावधानी अपनाउने भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम गर्न थालिएको छ ।
झिमरुक गाउँपालिकाले ८ वटै वडाका स्थानीय जनतालाई स्वस्थ खानेपानी प्रयोग गर्न सहयोग पुग्नेगरि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
आइतबार देखि झिमरुक- ६, को तोरवाङबाट शुरु गरिएको
कार्यक्रममा स्थानीय जनतालाई सुरक्षित खानेपानी प्रयोगमा सावधानी अपनाउन मुल देखि मुख सम्म पानीको शुद्धताको लागि अपनाउने विधि र प्रक्रियाको बारेमा जानकारी गराइएको थियो ।
खानेपानीलाई सुरक्षित र ब्यबस्थित बनाउन संरचना निर्माण देखि बनेका संरचनाको नियमित मर्मत संभार रेखदेखमा स्थानीयले चासो दिनुपर्ने वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । “पुर्वाधार योजना निर्माणमा जनताले गर्ने १० प्रतिशत जनश्रमदान गर्ने अभियानलाई स्थानीय जनताले चासो दिएर गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
फोहोर पानीको कारण धेरैजसो रोग लाग्ने भएकोले पानीको शुद्धीकरणमा ध्यान दिएमात्र पनि पानीजन्ने रोगमा कमि ल्याउ सकिने स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले बताउनुभयो ।
वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण झिमरुक गाउँपालिकाका वास फोकल पर्सन सित्तल आचार्य र तोरवाङ स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले गर्नुभएको छ ।
कार्यक्रम वडाका जनप्रतिनिधि बिद्यालयका स्वास्थ्य फोकल पर्सन, उपभोक्ता समिtiका पदाधिकारी, समाजसेवी बुद्धिजीवी राजनीतिक दलका प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।