प्यूठान । जिल्लाको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि नागरिक समाज सञ्जाल प्यूठानले सरोकारवालासँग छलफल गरेको छ ।
सञ्जालले आज साझा सभा गरेर जिल्ला स्थित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई सहज र गुणस्तरीय बनाउनका लागि सरोकारवालाबीच छलफल चलाएको हो ।
सहभागीले स्वास्थ्य बीमा प्रभावकारी नभएको, विशेषज्ञ सेवा लागु हुन नसकेको, एम्वुलेन्स सेवा प्रभावकारी नभएको लगायतका विषयमा प्रश्न, जिज्ञासा राखेका थिए ।
उक्त विषयमा सम्वन्धित क्षेत्रका प्रतिनिधिले सेवा सहज बनाउने र समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति सहित विभिन्न कार्यालय, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
युएसएआईडीको आर्थिक सहयोगमा एफएचआई ३६० र हरप्लेसको साझेदारीमा जिल्लामा जवाफदेहिता परियोजना लागु भएको छ । जस अन्र्तगत शुसासन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको कार्यक्रम अधिकृत पम्फा पन्तले बताउनुभयो । साझा सभा कार्यक्रमका लागि परियोजनाले सहयोग गरेको थियो ।
नागरिक समाज सञ्जालका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र सुनारले गर्नुभएको थियो ।
