> आर्थिक/बिकास > कृषि एम्बुलेन्सले प्यूठानमा कसरी काम गर्दैछ ?


कृषि एम्बुलेन्सले प्यूठानमा कसरी काम गर्दैछ ?

कमल वि.क.
प्यूठान, २४ बैशाख ।
जारी बन्दाबन्दीले गर्दा किसानले उत्पादन गरेका कृषि उपज खरिद विक्रीमा समस्या भएको गुनासो आएपछि पाँच नम्वर प्रदेशले कृषि एम्बुलेन्स सञ्चालनको कार्यक्रम अघि बढायो । प्रदेशका सवै जिल्लामा कृषि एम्बुलेन्स सञ्चालन गरि किसानले उत्पादन गरेका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले प्यूठानमा पनि कृषि एम्बुलेन्स सञ्चालनमा छ ।

जसअनुसार प्रदेशबाट अनुदान प्राप्त तीन वटा पिक अप गाडी कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा छन् । झिमरुक मत्यसपालन तथा एकिकृत कृषि फर्म खैराको लु २ च ७३८६, हरिओम कृषि सहकारी संस्था लि. बाग्दुलाको लु २ च ७५०५ र युग प्रवाह कृषि सहकारी संस्था लि. दाङवाङकोको लु २ च ७५१३ ले कृषि उपज ओसारपसार तथा खरिद विक्रीको काम गर्दै आएका छन् ।

कृषि एम्बुलेन्सले झिमरुक पोल्टी फर्म दाखाक्वाडीले उत्पादन गरेको ४० गत्ता अण्डा खैराबाट दाखाक्वाडी सम्म विक्री ग¥यो । त्यसैगरि खिम बहादुर गुरुङ र त्यहाँका कृषक समुहको २२ बोरा रसायनिक मल विजुवारबाट माझकोट गुरुङगाउ सम्म पु¥यायोे ।
गेजवाङका किसानले उत्पादन गरेको साढे आठ क्विन्टल मकैको मुल वीऊ ढुवानी गरेर विजुवार कालिका एग्रोभेट पु¥याउने काम गरेको छ ।

स्वर्गद्धारी नगरपालिकाका किमिचौरका किसानलाई मनकामना जातको मकैको वीऊ लगेर वितरण गरेर छ । त्यसैगरि वर्जिवाङका किसानले उत्पादन गरेको दुई क्विन्टल मकै कालिका एग्रोभेटमा ल्याएर आएको छ ।
त्यसैगरि कृषि एम्बुलेन्सले चेरनेटाबाट रम्दी, रम्दी हुँदै खैराको कुमिकोटसम्म कुखुराको दाना र चल्ला ढुवानी गरेको छ । दाखाक्वाडी देखी कपिलवस्तुसम्म ४० गत्ता अण्डा ढुवानी गरेको छ ।

जुुम्रीबाट ऐरावती जाडीसम्म कृषक पुरन सिंह भण्डारीको २२ बोरा कुखुराको दाना ढुवानी गरेको छ । बाँदीकोट देखी लमहीसम्म २२ क्विन्टल टिपिएस आलुको विउ कोल्ड स्टोरको लागि लगेको छ ।

प्यूठान नगरपालिका–८ गेजवाङ, खप्रे्रङखोला, दम्ती र बाग्दुलाका किसानले उत्पादन गरेको २२ क्वीन्टल टिपिएस आलुको विउ कोल्ड स्टोरमा लगेको छ । जुम्री देखी धुवाङसम्म मिना रोकाको ५ बोरा दाना ढुवानी गरेको छ । माछा फर्म खैरामा स्थानीय प्राङ्गारिक मल ३÷४ गाडी ओसारेको छ ।

जिल्लाभित्र उत्पादन भएका कृषिजन्य बस्तुहरु ढुवानी गरिने कृषि एम्बुलेन्स सञ्चालन समितिका संयोजक गिरिराज पौडेलले बताउनु भयो । किसानका उत्पादन विक्री वितरणका लागि अरु किसानहरुसँग पनि समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!