प्यूठान । आज भएको स्थानीय तहको निर्वाचनमा मल्लरानी गाउँपालिकामा ५९.७ प्रतिशत मत खसेको छ । जम्मा ७ हजार ५ सय २९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसमध्ये ४ हजार ५५६ महिला र २ हजार ९७३ पुरुषले मतदान गरेका छन् । यो प्रारम्भिक तथ्यांक भएकाले केहि संख्या थपघट हुनसक्ने कार्यालयले जनाएको छ । मल्लरानीमा १२ हजार ६१० मतदाता थिए ।
