> राष्ट्रिय > ऐन नियम नबन्दा समन्वयको भूमिका कमजोर’


ऐन नियम नबन्दा समन्वयको भूमिका कमजोर’

प्युठान । जिल्ला समन्वय समिति प्युठानको पाँचौ जिल्ला सभा आज सप्पन्न भएको छ । आज समन्वयको सभाहलमा उद्घाटन र बन्द शत्र गरेर सभा गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले समन्वयको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा बोलेका थिए । जिल्लाको बिकासलाई ध्यान दिदै सबै पक्षसंग समन्वय गरेर अघि बढ्नुपर्ने बक्ताहरुको भनाई थियो ।

 


कार्यक्रममा बिशेष अतिथि लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्माले जिल्लाभित्र काम गर्ने सरकारी कार्यालयबीच समन्वयको अभाव देखिएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विकाससँग सम्वन्धित कार्यालय र स्थानीय सरकारबीच समन्वय अभाव रहेमा विकासका गतिविधि प्रभावित हुने उहाँको बुझाई छ ।

जिल्ला समन्वय समिति प्युठानका पूर्व समन्वय प्रमुख केशवराज आचार्यले समयमै ऐन कानुन नबन्दा संविधानले दिएको अधिकार कार्यान्वयनमा समस्या रहेको बताउनुभएको छ ।

 

नयाँ संरचनामा मुलुक गएको ६ वर्ष बितेपनि आवश्यक ऐन, कानुन नहुदा काम गर्न समस्या भएको उहाँको भनाइ छ । पाचौं जिल्ला सभामा मन्तब्य राख्दै आचार्यले ऐन, कानुन बनाउन निर्वाचित सदस्यले भूमिका खेल्नुपर्ने बताउनुभयो । “संघ र प्रदेश सरकारले आवश्यक कानुनहरु अझै बनाएका छैनन्,” उहाँले भन्नुयभयो, “समन्वयले काम गरेन भन्ने पारिएको छ ।”

 

जिल्ला समन्वय समितिका पुर्व उप प्रमुख पदम थापाले सबै पालिकाका जनप्रतिनिधि एकसाथ मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

 

 

जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि शभा सदस्य सूर्य थापा रहनुभएको थियो ।

 

कार्यक्रममा प्रतिनिधि शभा सदस्य थापा र लुम्बिनी प्रदेशका मन्त्री शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्वागत उप -प्रमुख दुर्गा रेग्मी र संचालन जिल्ला समन्वय अधिकारी महेश के.सीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *