> राष्ट्रिय > दमको शिक्षाद्वारा सशक्तिकरण – रोकथाम र उपचारमा प्रयोग हुने इन्हेलर नेपालमै बन्ने


दमको शिक्षाद्वारा सशक्तिकरण – रोकथाम र उपचारमा प्रयोग हुने इन्हेलर नेपालमै बन्ने

  • डा. सुनिल सुनार
दमको शिक्षा द्वारा सशक्तीकरण रोकथाम र उपचारमा प्रयोग हुने औषधि इन्हेलर नेपालमै बन्ने भएको छ । यो औषधि पहिले विदेशबाट आयात मात्र हुने गरेकोमा हाल नेपालमा पनि बन्न थालेको हो ।
नेपाली औषधि कम्पनी एमडीएचले दम र सीओपीडी उपचारमा प्रयोग हुने विभिन्न औषधि बजारमा ल्याउनुको साथै दम रोग व्यवस्थापन, लक्षण पहिचान र रोकथाम उपायहरूमा केन्द्रित भएर व्यापक शैक्षिक अभियानहरू सुरू गर्ने जनाएको छ।
विश्वभर दमको रोकथामका लागि मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दम दिवस मनाइन्छ ।
GINA global initiative for asthma (दमको लागि विश्वव्यापी पहल) चिकित्सा दिशानिर्देश बनाउने संस्थाको यस वर्षको नारा ‘Asthma Education Empowers’ अर्थात् दमको शिक्षा द्वारा सशक्तिकरण रहेको छ ।
दमले २६ करोड मानिसहरुलाई असर गरेको र ४ लाख ५० हजार जनाको मृत्यु दमको कारणले भएको The World Health Organization (WHO) विश्व स्वास्थ्य संगठनले जनाएको छ।
दम एस्तो रोग हो, जसले सबै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। यो प्रदूषण, धुलो, चिसो मौसम, धुम्रपान र फूल फूल्ने मौसममा फूलको परागको कणबाट जस्ता चीजहरूको एलर्जीको कारणले हुन्छ। धुम्रपान र धेरै धुवाको कारणले दम COPD दीर्घकालीन अब्स्ट्रक्टिभ पल्मोनरी रोगमा परिणत हुन सक्छ ।
GINA ले दम भएका मानिसहरूलाई रोग व्यवस्थापन गर्न, र कहिले चिकित्सको मदत लिने भनेर पहिचान गर्न उपयुक्त शिक्षाको साथ सशक्त बनाउनु पर्ने आवश्यकतालाई जोड दिने बताउदै २०२४ को Asthma Education Empowers’ अर्थात् दमको शिक्षाद्वारा सशक्तिकरणको नारा राखेको हो ।
नेपालमा COPD को कारण वार्षिक रूपमा २७ हजारको मृत्यु हुने गरेको छ भने दमको कारण ६ हजार जना को मृत्यु हुने WHO को तथ्याड़कले जनाएको छ । जुनमा COPD नेपालमा मृत्युको प्रमुख र दमरोग पाँचौं प्रमुख कारण देखिएको छ ।
दम एक गम्भीर अवस्था भएतापनि यसलाई सही उपचारले सजिलै व्यवस्थापन गर्न सकिने विशेषज्ञहरुको मान्यता छ।
नेपालमा दम सम्बन्धी चेतना जगाउन शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको नेपाली चिकित्सकहरूले जोड दिएका छन्। दम निको नहुने भए तापनि चिकित्सा समुदायले इन्हेलरको प्रयोगबाट यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने कुरामा जोड दिन्छन।
दम र सीओपीडीको बारेमा प्राथमिकता दिनु आवश्यक रहेको लुम्बिनी प्रादेशिक  अस्पतालका  डा. सुनिल सुनार  बताउँछन् ।
विशेष गरी ग्रामीण क्षेत्रहरूमा, यी अवस्थाहरूसँग सम्बन्धित मृत्युहरूलाई कम गर्न समुदायहरू बीच जागरूकता र समझ बढाएर, दमका कारण हुने मृत्युको संख्यालाई उल्लेखनीय रूपमा घटाउन सकिने
डा. सुनिल सुनार को भनाई छ। सरकारी तथा अन्य स्वास्थ्य संगठन बाट सचेतना कार्यक्रम गर्नुपर्ने डाक्टरहरुको सल्लाह छ।
सरकारी तथा गैरसरकारी निकायहरु बाट पनि सो शिक्षाको अपेक्षा राखेको छ । सानो बजार भएकोले आयात नगरिने तर GINA को उपचार सिफारिस अन्तर्गत
पर्ने ट्राइथेरापी औसधिपनि नेपालमै बनाउने कम्पनीले जनाएको छ ।
समाजमा जागरूकता बढाएर, दमका कारण हुने मृत्युको संख्यालाई उल्लेखनीय रूपमा घटाउन सकिने र यो सक्रिय शिक्षा र दृष्टिकोणले जीवन बचाउने मात्र नभई दमरोगि व्यक्तिहरूलाई उहाँहरुको श्वासप्रश्वास र आफ्नो स्वास्थ्यको नियन्त्रण लिन आवश्यक पर्दा समयमै चिकित्सा सहायता खोज्न पनि सशक्त बनउन सकिने डाक्टरहरुको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *