दीपेन्द्र सुनार
प्युठान । झिमरुक गाउँपालिका- १ सौतामारेमा खुल्ला जुनियर पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “राष्ट्रका लागि खेलकुद , स्वास्थका लागि खेलकुद ” भन्ने मुल उदेश्यका साथ राष्ट्रिय युवा संघ नेपालको आयोजनामा असार २ गते शनिवार अमरसिंह माध्यमिक बिद्यालयको प्राङ्गणमा खुल्ला जुनियर फुटबल प्रतियोगिता आयोजना गरिएको सुनिल खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार फुटबल खेलाडीको मनोबल बढाउनका लागि यो प्रतियोगिता आयोजना गरिएकाले पाएक पर्ने ठाउँका समुहलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५ हजार २५ रुपियाँ र दोस्रो हुनेले नगद २ हजार ५ सय २५ रुपियाँ र प्रमाणपत्र पाउनुका साथै बेस्ट खेलाडी लाई पनि पुरस्कारको ब्यबस्ता गरिएको आयोजकले जनाएको छ ।
