> आर्थिक > असिनाले भएको क्षतिको प्रदेशले राहत दिने


असिनाले भएको क्षतिको प्रदेशले राहत दिने

प्यूठान, १२ वैशाख ।
पाँच नम्वर प्रदेशले असिनापानीले क्षति भएका कृषको कृषी वालीको राहत दिने भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत कृषि, वन तथा वातावरण समितिको बैठकले प्यूठान सहितका जिल्लामा असिनाले कृषिमाठूलो क्षति पुगेको भन्दै क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको हो । त्यसैगरी फौजि किराको मारमा परेका किसानलाई समेत राहत प्रदान गर्ने बैठकले निर्णय गरेको प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।
प्रदेश सरकारले १२ बटै जिल्लामा कृषि एम्बुलेन्स संचालन, ई–पासको ब्यबस्था, भुमी बैंकलाइ प्रभाबकारी कार्यान्वयन को लागि स्थानीय तहबाट तथ्यांक संकलन, किसान तथा कृषि उद्यमीहरुलाई न्युनतम राहत प्रदानको लागि ५७ करोडको राहत प्याकेज लगायतका कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
कोरोनाको कारणले उत्पन्न हुन सक्ने खाद्यान्न संकटलाई दृस्टीगत गरि स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने , रोजगारिका अबसरहरु श्रृजना गर्ने, उत्पादनमा जोड दिई स्थानीय तह आत्मनिर्भर बन्ने लगायतका बिबिध बिषयमा पनि छलफल भयको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!