> आर्थिक > माण्डबी गाउँपालिकाको ८४ प्रतिशत बित्तिय प्रगति


माण्डबी गाउँपालिकाको ८४ प्रतिशत बित्तिय प्रगति

प्यूठान । माण्डबी गाउँपालिकाले आ.व. २०८१/८२ को वित्तिय प्रगति सार्वजनिक गरेको छ । कुल ८४  दश्मलव ६९ प्रतिशत वित्तिय प्रगति भएको छ ।

 

४२ करोड ४५ लाख ६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ दशमलव ३८  प्रतिशत निकासा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जानकारी दिनुभयो । कुल निकासा रकमबाट चालू तर्फ ८७ दशमलव २६ र पुजिगत तर्फ ७९ दशमलव ४ प्रतिशत बित्तीय प्रगती भएको उहाँले बताउनुभयो ।

 

चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गतेदेखि बन्द भएको गाउँपालिकाले जनाएको छ ।