> आर्थिक > चालु आर्थिक वर्षमा गौमुखी गाउँपालिकाको ९० प्रतिशत वित्तिय प्रगति


चालु आर्थिक वर्षमा गौमुखी गाउँपालिकाको ९० प्रतिशत वित्तिय प्रगति

प्यूठान । गौमुखी गाउँपालिकाले आ.व. २०८१/८२ को वित्तिय प्रगति सार्वजनिक गरेको छ । गाउँपालिकाले बिनियोजित बजेटको कुल ९० दश्मलव ०७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।

 

चालु तर्फ ९२ दश्मलव ०२ प्रतिशत र पुँजीगत तर्फ ८४ दश्मलव ५२ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले जानकारी दिनुभयो ।

 

चालु आर्थिक वर्षका लागि गौमुखी गाउँपालिकालाई चालु तर्फ ३४ करोड ५८ लाख १४ हजार रुपैंया र पुँजिगत तर्फ १२ करोड १५ लाख ३६ हजार रुपैंया गरी कुल ४६ करोड ७३ लाख ५० हजार रुपैंया विनियोजन भएको थियो ।

 

चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गतेदेखि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।