प्युठान । माण्डबी गाउँपालिका-२ धनचौरका स्थानीय अहिले जङ्गलमा बसेका छन । गाउँमा पहिरोको जोखिम भएपछि उनिहरु जङ्गलमा बसेका हुन ।

आज बिहान पहिरोले ७ घर बगाएको छ । अरु दर्जनौ घर जोखिममा छन । पानी परिरहेकोले थप समस्या भएको स्थानीय दान बहादुर खत्रीले बताउनुभयो ।

‘अहिले हामी ८९ जना जङ्गलमा बसेका छौ’ खत्रीले भन्नुभयो । बालबालिका, जेष्ठ नागरिक सबै जङ्गलमा बस्न बाध्य भएको उहाँको भनाई छ ।






