> समाज > प्युठानमा आमाछोरा मृत फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी


प्युठानमा आमाछोरा मृत फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी

महेश थापा
प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी हराइरहेकी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *