> समाज > प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु


प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु

प्यूठान, १६ फागुन । प्यूठानमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका -७ तुसाराकि २४ वर्षीय अनिसा एम सिको उपचारका लागि वुटवल लैजाने क्रममा गएराती बाटोमै मृत्यु भएको जिल्ला अस्पताल प्यूठानका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो । महिलालाई गत विहिवार अप्रेसनबाट सुत्केरी गराइएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार पुनः अप्रेसन गरिएको थियो । अप्रेशन पछि पनि समस्या बढ्दै गएपछि हामीले गएराती २ बजे बुटवल रिफर गरेपनि भालुवाङ्गमा पुग्दा मृत्यु भएको खबर आएको उहाँले बताउनुभयो ।

 

शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । मृतक सुत्केरीको शव अहिले अस्पतालमा ल्याईएको निमित्त प्रमुख पार्धेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *