स्थानीय सरकार

स्वर्गद्वारीको बजेट पारित, प्रशासनिक भवनको भिओ गर्ने

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ । ७० करोड ११ लाख ४० हजार रुपियाँ बराबरको बजेट नगरसभाबाट सर्वसम्मत रुपमा पारित भएको प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।

 

शुक्रबार बसेको ११ औं नगरसभाको दोस्रो बैठकमा उपप्रमुख मिनराज रानामगरले वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । स्वर्गद्वारी नगरपालिकाको आर्थिक ऐन २०७९, विनियोजन ऐन २०७९ समेत पारित गरेको छ ।

 

नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी. रहनुभएको थियो ।

प्रशासनिक भवनको भिओ गर्ने
स्वर्गद्धारी नगरपालिकाको निर्माणधिन प्रशासनिक भवनको भेरियसन अर्डर (भिओ) गरिने भएको छ । गाउँसभाले भिओ गर्ने निर्णय गरेको हो । गाउँपालिकाको भवनको इस्टिमेटमा फेरबदल गर्नुपर्ने भएकाले भिओ गर्न लागिएको हो । भवन करीव करीव सम्पन्न भैसकेको छ ।

 

बैठकले न्यायिक समिति समेत गठन गरेको छ । संयोजक मिनराज रानामगर र सदस्य स्मृति कुमारी महरा पुन र अम्बिका सुनार रहनुभएको छ ।

Related Articles

Back to top button