प्युठान । प्रदेश स्तरीय स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला आज प्युठानको जुम्रीमा सम्पन्न भएको छ।
प्युठान उद्योग बाणिज्य संघ खलंगा प्युठानको आयोजनामा हुन गइरहेको महोत्सवको उदेश्य तथा आवस्यक सल्लाह सुझाब र समिति गठनका लागि जुम्रीमा सरोकारवालाहरु संग भेला गरिएको प्युठान उधोग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो ।
आगामी फगुन ४ गते देखि १४ गते सम्म प्युठानको बिजुवारमा महोत्सव संचालन गर्न लागिएको कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो।
भेलामा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले बिगतमा संचालन भएका महोत्सवको समिक्षा गरि उदेश्य अनुसार प्रभावकारी र आर्थिक मितब्येयीलाई ध्यान दिएर काम गर्न सुझाव दिएका थिए ।
मुख्य आयोजकमा प्युठान उधोग बाणिज्य संघ प्युठान रहेकोछ भने, जिल्लाका स्थानीयतह हरुलाई सहआयोजकको भुमिकामा राखिएको संघले बताएको छ।
११ दिन सम्म सन्चालन हुने मेला महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उत्पादित बस्तुको प्रदशन तथा प्रबर्द्धन गर्ने, स्थानीय कला प्रतीभालाई अवसर प्रदान गर्ने, स्वास्थ्य शिविर संचालन, पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने योजना रहेको संघका अध्यक्ष नकर्मीले बताउनुभयो । साथै उहाँले महोत्सवबाट जिल्लामा उधोग बाणिज्य सभाहल सहितको प्रदशनी स्थलको निर्माण गरिने जानकारी दिनुभयो ।
आजको भेलाले संघका अध्यक्ष पशुपति नकर्मीको संयोजत्वमा विभिन्न क्षेत्रको प्रतिनिधित्व रहने गरि ४०१ सदस्य रहेको प्युठान महोत्सव मुल आयोजक समिति गठन गरिएको छ।
भेलामा प्युठानबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभाका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, कार्यालयका प्रतिनिधि, पत्रकार र उद्योगी व्यावसायिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
