राष्ट्रियसमाज

पत्रकारको हकहितको पक्षमा महासंघ

प्यूठान, २७ माघ । देशभरका पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले काम गर्दै आएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्यूठान शाखाको १३ औं साधारणसभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी जिएमले महासंघले पत्रकार हकहित र पेशागत सुरक्षाका लागि पहल गर्दै आएको बताउनुभएको हो ।

उहाँले पत्रकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरुको भविष्यलाई समेत दृष्टिगत गरि महासंघले निवृत्ति भरणको व्यवस्था गर्ने गरि कोषको व्यवस्था गर्न थालेको बताउनुभयो । ‘लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल भएपनि भविष्य भने अन्यौलमा छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले ३० वर्ष निरन्तर महासंघमा आवद्ध सदस्यलाई ६० वर्षपछि निवृत्ति भरण दिने व्यवस्था महासंघले मिलाउँदैछ ।’

पत्रकारिता क्षेत्रमा कतिपय ठाउँमा विकृति र विसंगति समेत देखापर्ने गरेको बताउँदै उहाँले त्यसलाई न्यूनिकरण गर्न महासंघ र स्वयं पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । कम्तीमा पनि नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले जारी गरेको आचार संहिता पालना गर्ने, एविसी र छकको प्रयोग गरेमा पत्रकारिता क्षेत्रमा विकृति रोकिने बताउनुभयो ।

पत्रकारितासँग जोडिएको पुरानो पुस्ता राजनीतिकसँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएपनि नयाँ पुस्ता भने व्यावसायिक बनेको उहाँको भनाई छ । महासंघमा जोडिने नयाँ पुस्तालाई त्यस प्रकारको शिक्षा दिन सकेमा पत्रकारिता स्वच्छ, स्वतन्त्र र सम्भ पेशाको रुपमा विकास हुने उहाँको धारणा छ ।

पत्रकार महासंघ केन्द्रको वर्तमान कार्यसमितिले महासंघको अधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने निणर्य गरेसँगै अवको निर्वाचन महासंघको केन्द्रीय अधिवेशन सम्पन्न भएको एक महिनाभित्र भइसक्ने उहाँले जानकारी दिनुभयो । महासंघको केन्द्रीय अधिवेशन फागुन ४ र ५ गते काठमाण्डौमा हुन लागेको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button