> राष्ट्रिय > एचआईभी संक्रमित बालबालिकालाई राहत


एचआईभी संक्रमित बालबालिकालाई राहत

प्यूठान, १४ बैशाख ।
एचआईभी संक्रमित बालबालिकालाई होप ब्रिज संस्थाले राहत वितरण थालेको छ । राष्ट्रिय एचआईभी÷एड्स महासंघ नेपालले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई राहत वितरण गरेकाले छुटेका १३ देखि १८ वर्षसम्मका बालबालिकालाई संस्थाले राहत उपलब्ध गराउन थालेको हो ।
महासंघ सँगको समन्वयमा सुदुरपश्चिम, कर्णाली प्रदेशमा रहेका १३ देखी १८ वर्षसम्मका संक्रमित बच्चालाई राहत उपलब्ध गराउन थालिएको होप ब्रिनका प्रविण श्रेष्ठले बताउनुभयो । महासंघले १२ वर्षमुनीका बालबालिकालाई राहत वितरण गर्दा अरु बालबालिका छुट्ने भएपछि संस्थाले सहयोग संकलन गरि राहत वितरण थालेको उहाँले बताउनुभयो ।
अहिले सुदुरपश्चिम र कर्णाली प्रदेशमा राहत वितरणको काम भइरहेको छ । पाँच नम्वर प्रदेशमा राहत वितरणको तयारी भइरहेको संस्थाले जनाएको छ । पाँच नम्वर प्रदेशमा पनि राहत वितरणको लागि सहयोग संकलन थालिएको छ । सम्वन्धित प्रदेश अन्र्तगतका स्थानीय तहसँग समन्वय गरि राहत वितरण गरिने समेत संस्थाले जनाएको छ । तीन वटा प्रदेशमा बढी संक्रमित बालबालिका भएकाले राहत वितरण गर्न थालिएको श्रेष्ठको भनाई छ ।
कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएकाले संक्रमित बालबालिका प्रभावित भएका छन् । त्यसमा पनि अभिभावक विहिन बालबालिका बढी प्रभावित भएकाले राहतको योजना ल्याएको संस्थाले जनाएको छ । संस्थाले ‘माया प्याक’ अन्र्तगत प्रति महिना प्रति बालबालिका १० केजी चामल, पाँच केजी गहुँको पिठो, दुई केजी दाल, दुई केजी गेडागुडी, १० वटा अण्डा,२ प्याकेट सर्वोत्तम पिठो, एक लिटर तेल, एक प्याकेट नुन वितरण गरेको छ ।
साथै कोरोना किट अन्र्तगत साबुन, माक्स, जीवनजल, स्यानिटाइजर, अध्ययन सामाग्री र बालिकाहरुका लागि स्यानेटरी प्याड उपलब्ध गराएको छ । दुई महिनाका लागि राहत उपलब्ध गराएपनि लकडाउन थप लम्बिए पुनः राहत योजना अगाडी बढाउने संस्थाले जनाएको छ । सुुदुरपश्चिममा तीन सय १० संक्रमित बालबालिका मध्ये ११० अभिभावक विहिन छन् । त्यस्तै कर्णालीमा ५२ जना बालबालिका मध्ये १८ जना अभिभावक विहिन छन् । पाँच नम्वर प्रदेशमा २९२ संक्रमित बालबालिका मध्ये १२२ अभिभावक विहिन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!