> समाज > प्यूठानमा थप ३ जना कोरोना निको भएर घर फर्किए


प्यूठानमा थप ३ जना कोरोना निको भएर घर फर्किए

प्यूठान, १६ असार । प्यूठानमा आज थप ३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनिहरुलाइ आइसोलेसनमा राखिएको थियो । पुन स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाइ आज घर पठाइएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । निको हुनेमा स्वर्गद्वारी नगरपालिकाका २ जना र प्यूठान नगरपालिकाका १ जना रहेका छन् ।

यससँगै प्यूठानमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!