> राष्ट्रिय

माण्डवी गाउँपालिकामा गठबन्धन विजयी

प्यूठान । माण्डवी गाउँपालिकाको अध्यक्षमा नमराज अधिकारी (रोशन) विजयी हुनुभएको छ । उपाध्यक्षमा पुर्ण कालाथोकी विजयी हुनुभएको छ । अध्यक्षमा अधिकारीले ३६७६ मत प्राप्त गर्नु भयो । प्रतिष्पर्धी नेकपा एमालेका श्रीधर रोकाले ३४१९ मत प्राप्त गनुूभएको छ । त्यसै गरी उपाध्यक्षमा पुर्ण कालाथोकीले ३५८६ मत प्राप्त गर्नुभयो, प्रतिष्पर्धी सम्झना घर्तिले

पुरा पढ्नुहोस

प्यूठानमा उम्मेदवारमाथी उजुरी परेन

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमाथी जिल्लामा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   जिल्लामा उम्मेदवारी दिएका विरुद्ध कसैमाथी पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो । निर्वाचनको कार्यतालिका अनुसार भोलि १६ गते उम्मेदवारी फिर्ता लिने समय रहेको छ । जिल्लामा विभिन्न स्थानीय

पुरा पढ्नुहोस

प्यूठानमा विश्व औलो दिवस मनाईयो ः शर्तकर्ता अपनाउन आग्रह

प्यूठान । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ । स्वर्गद्धारी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय प्यूठानले आज स्वर्गद्धारी नगरपालिकामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । लामखुट्टेको टोकाईबाट औलो रोग सर्ने भएकाले त्यसबाट बच्नका लागि शतर्कता अपनाउनुपर्नेमा कार्यक्रममा छलफल भएको थियो । प्यूठानमा

पुरा पढ्नुहोस

प्यूठानमा एमाले र जसपा वीच चुनावी तालमेल

प्यूठान । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) वीच प्यूठानमा चुनावी तालमेल गर्ने सहमति भएको छ । प्यूठान नगरपालिकामा संयुक्त उम्मेदवार लिई चुनावमा जाने र यसलाई आवश्यकताका आधारमा जिल्लाव्यापी बनाउने प्रेस विज्ञप्तीमा उल्लेख छ । दुवै पार्टीका उम्मेदवारी सूर्य चिन्हबाट निर्वाचनमा भाग लिने पनि सहमति भएको छ ।

पुरा पढ्नुहोस

स्वर्गद्वारीमा एमालेको ३५३ जनाको निर्वाचन परिचालन कमिटी

प्यूठान । नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीको बैठकले भिंग्रीमा शुक्रवार प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकायको संयोजकत्वमा ३५३ सदस्यीय निर्वाचन परचिालन कमिटी गठन गरेको छ ।   साथै सबै वडामा पार्टी सम्पर्क कार्यालय खोल्ने निणर्य गरेको छ । घनश्याम आचार्यको सयोजकत्वमा प्रतिवद्धता पत्र तयारी कमिटी बनाएको छ । त्यस्तै अन्तरपार्टी सूचना समन्वय

पुरा पढ्नुहोस

झिमरुकमा चुनावी तालमेल भएन, कांग्रेस र माओवादीको सहमती के हुन्छ ?

प्यूठान । झिमरुक पालिका भित्र रहेका गठबन्धनका दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा आज बसेको गठबन्धनका दलहरुबीचको छलफल निष्कर्ष विहिन भएपछि मित्रवत व्यवहार गरि चुनावमा जाने निणर्य गरेका छन् ।   पटक पटक वार्ता/छलफल भएपनि सहमति नभएपछि यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी

पुरा पढ्नुहोस

सिमान्तकृत समुदायको सहभागीता र सञ्चारको भूमिका विषयक अन्तर्रक्रिया

प्यूठान । स्थानीय निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता र सञ्चारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम शनिवार जुम्री प्यूठानमा सम्पन्न भएको छ ।     कार्यक्रमको बारेमा जानकारी गराउँदै जागरण मिडिया सेन्टर अध्यक्ष कमला विश्वकर्माले सिमान्तकृत समुदायको पहुँच राज्यमा सोंचे अनुरुप नभएको बताउनु भएको । गत निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिले पनि अर्थपुर्ण भुमिका निर्वाह गर्न समस्या

पुरा पढ्नुहोस

प्यूठानमा गठबन्धनबीच जिल्ला स्तरमा तालमेल हुन सकेन

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धन सम्वद्ध दलहरुबीच चुनावी तालमेलको निर्णय हुन सकेको छैन । आज बैशाख ३ गतेसम्म जिल्लाबाट तालमेल गरि प्रदेशमा पठाउनुपर्ने केन्द्रको समयावधिभित्र जिल्ला स्तरमा तालमेल हुन नसकेको हो ।   आज गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्टिय जनमोर्चाबीच छलफल भएको थियो ।

पुरा पढ्नुहोस

प्यूठान नगरपालिकाको मेयरमा एमाले र माओवादीका आंकाक्षी धेरै

प्यूठान । प्यूठान नगरपालिकाको मेयर बन्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी) केन्द्रभित्र आकांक्षी धेरै देखिएका छन् । एमाले एक्लै निर्वाचनमा जाँदैछ भने माओवादी गठबन्धनसहित निर्वाचनमा जाँदैछ ।   एमालेमा मेयर बन्नका लागि ८ जनाले दावी गरेका छन् भने माओवादीमा १० जनाले दावी गरेका छन् । एमालेबाट टंक बहादुर खड्का,

पुरा पढ्नुहोस

सरुमारानीमा एमालेको उम्मेदवार झग बहादुर विश्वकर्मा

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरुमारानी गाउँपालिकाले आगामी स्थानीय तहको निर्वाचनमा झग बहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । हालका गाउँपालिका अध्यक्ष विश्वकर्मालाई पुनः अध्यक्षमा दोहोर्‍याउन पालिका कमिटीले सर्वसम्मत निणर्य गरेको हो ।   हिजो राती अवेरसम्म बसेको बैठकले अध्यक्षको नाम सिफारिस गरेपनि उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छैन । उपाध्यक्षमा

पुरा पढ्नुहोस