राष्ट्रिय

रसुवामा रहेका दुई प्रहरी सहित ९ प्यूठानी अझै सम्पर्क विहिन, ४ जनाको डिएनए संकलन

प्यूठान । विभिन्न कामको शिलसिलामा रसुवा जिल्लामा रहेको ९ जना प्यूठानीहरु अझै सम्पर्कमा आउन सकेका छैनन् । गाउँपालिकामा कार्यरत १ जना, नेपाल प्रहरीमा कार्यरत २ जना सहित हाईड्रो पावर कम्पनीमा कार्यरत ९ जना अझै परिवारको सम्पर्कमा आएका छैनन ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढि पछि सम्पर्क विहिन भएका दुई जना भने परिवारको सम्पर्कमा आएका छन् । सान्जेल हाईड्रो पावरमा कार्यरत झिमरुक गाउँपालिका–१ सौतामारेका २३ वर्षिय प्रताप एमसी र रसुवा हाईड्रो पावमा कार्यरत गौमुखी गाउँपालिका–३ रजवारका २४ वर्षिय विक्रम पुन परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीले बताउनुभयो ।

‘शुरुमा ११ जना सम्पर्कमा नरहेको सम्बन्धित परिवारले खबर गर्नुभयो ।’ ,डिएसपी अधिकारीले भन्नुभयो, ‘पछि दुई जना सम्पर्कमा आउनुभयो, अझै ९ जना वेपत्ता हुनुहुन्छ ।’ वेपत्ता ९ जना मध्ये ४ जना व्यक्तिहरुको पहिनाका लागि डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ । सम्पर्क विहिन ४ जनाका परिवारका सदस्यहरुको जिल्ला अस्पतालमा डिएनए संकलन गरी परीक्षणका लागि बुटवल पठाइएको डिएसपी अधिकारी जानकारी दिनुभयो ।

सम्पर्क विहिन हुनेहरुमा नेपाल प्रहरीमा कार्यरत स्वर्गद्धारी नगरपालिका–९ दिवाङ्गकी २४ वर्षिय कृष्णा बुढामगर रहनुभएको छ । उहाँ प्रहरी चौकी टिमुरेमा कार्यरत रहनुभएको थियो । त्यस्तै नेपाल प्रहरी मै कार्यरत झिमरुक गाउँपालिका–२ मुलपानीका २९ वर्षिय राजेन्द्र महतरा रहनुभएको छ । उहाँ जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत रहनुभएको थियो ।

अन्य सम्पर्क विहिन हुनेहरुमा रसुवा हाईड्रो पावरमा कार्यरत प्यूठान नगरपालिका–१० खरिबोटमा पिताम्बर श्रेष्ठ, रसुवाबढि हाईड्रो पावरमा कार्यरत माण्डवी गाउँपालिका–३ का सूर्यबहादुर केसी, रसुवागढी हाईड्रो पावरमा कार्यरत प्यूठान नगरपालिका–७ का ३८ वर्षिइ सन्तोष पौडेल रहेका छन् ।

त्यस्तै त्रिसुलि २१६ मेघावाट जलविद्युत आयोजनामा कार्यरत सरुमारानी गाउँपालिका–४ वेसिगाउँका ३६ वर्षिय किसान सोमै मगर, रसुवा हाईड्रो पावरमा कार्यरत गौमुखी गाउँपालिका–३ रजवाराका २३ वर्षिय बोमबहादुर पुन,  गौसाई कुण्ड गाउँपालिकाका लेखापाल झिमरुक गाउँपालिका–१ सौतामारेका ३६ वर्षिय प्रकाश जिसी रहेका छन् ।

रसुवामा सम्पर्क बिहिन भएका ९ जना प्यूठानी मध्य ८ जना

Related Articles

Back to top button