प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रतिनिधिका लागि प्यूठानमा सोमबार मनोनयन दर्ता भएको छ । क्लस्टर बमोजिम आवश्यक माग संख्याका आधारमा केहिमा सर्बसम्मत र केहिमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
खुला तर्फ १० जनाका लागि १६ जनाको मनोनयन परेको छ । जसमा प्रा.डा. गोविन्दराज पोखेल, विष्णु कुमार गिरी, अमर प्रसाद भण्डारी, सवास केसी, शिवराज रिजाल, धरम जिसी, टेक प्रसाद भण्डारी, टोपाराम कालाथोकी, नरेन्द्र (एनपी) पुन मगर, कमलराज रिजाल, मान बहादुर केसी, ऋषिकेश पौडेल, नारायण ज्ञवाली, रामचन्द्र पौडेल, माधव प्रसाद भण्डारी र महादेव जिसी रहेका छन ।
१० जना समानुपातिक उम्मेदवारका लागि १७ जनाको मनोनयन परेको छ । खस आर्य तर्फ धनेश्वर भण्डारी, प्रकाश वली, सुवास केसी, मेघराज पुरी, बिरेन्द्र थापा, शैलेन्द्र बहादुर बुढाथोकी रहेका छ्न । आदिवासी जनजाति तर्फ नर्मदा भट्ट नगरकोटी, जंगबहादुर पुन मगर, चन्द्र बहादुर घर्ती, सनत श्रेष्ठ, निसा घर्ती मगर, देउमान थापा, गिरबहादुर घर्ती रहेका छ्न । दलित महिला तर्फ कमला कामी, खस आर्य महिला तर्फ जलजला थापा, गंगा गिरी, दलित तर्फ कर्ण बहादुर बिक रहेका छन ।
२ जना युवा तर्फ ५ जनाको मनोनयन परेको छ । जसमा कुमार आचार्य, रन्जन पौडेल, बिजय रिजाल, कल्याण केसी, मोहनलाल कालाथोकी रहेका छ्न ।
अन्य कलस्टरमा भने आवश्यक अनुसारकै मनोनयन परेको छ । युवा महिला तर्फ सिमा उलुङ्गे, मुस्लिम तर्फ अस्गर अलि, दलित तर्फ वसन्त बास्कोटा, प्रजातन्त्र सेनानी तर्फ दिवाकर पौडेल, श्रमिक तर्फ हरि खड्का, पेशागत बिज्ञता तर्फ हुकुमबहादुर बिष्ट, अपांगता तर्फ पुर्ण प्रसाद कालथोकी, अल्पसंख्यक तर्फ लाल प्रसाद शेरचन, महिला तर्फ निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, भगवती बिष्ट र साधना रावत रहेका छ्न ।
भोलि मंगलबार हुने निर्वाचन प्रक्रियामा जिल्लाभरबाट १ हजार २८२ प्रतिनिधि सहभागी हुनेछ्न ।






