> स्थानीय सरकार > मल्लरानीको सार्वजनिक सुनुवाई


मल्लरानीको सार्वजनिक सुनुवाई

प्यूठान । मल्लरानी गाउँपालिकाको सार्वजनिक सुनुवाई गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई गरिएको हो ।

मल्लरानी गाउँपालिका वडा नं. ४ पाण्डेडाँडामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक नदी नियन्त्रण, गिटी बालुव निकासीलाई प्रभावकारी बनाउने, रासायनिक मलको उपलब्धता, कृषि र पशु सेवाको प्रभावकारीता, अनुदानको प्रभावकारीता सहित पालिकाको विकास निर्माण र योजनाका विषयमा सहभागीले प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जनताको मागको आधारमा विकास निर्माणलाई अगाडी बढाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष खड्का सहित उपाध्यक्ष रमेश कुमार श्रेष्ठ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले दिनुभएको थियो । मल्लरानी गाउँपालिकाको आयोजना, लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग र उत्पिडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा कार्यक्रम गरिएको हो ।