> स्थानीय सरकार > प्यूठान नगरपालिकाको नयाँ बजेट मा कस्ता छन् योजना ?


प्यूठान नगरपालिकाको नयाँ बजेट मा कस्ता छन् योजना ?

प्यूठान, १ साउन । प्यूठान नगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति, बजेट तथा कार्यक्रममा जनताले प्रत्यक्ष फाइदा लिने योजना अगाडी सारेको दावी गरेको छ ।

कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख अर्जुनकुमार कक्षपतिले भन्नुभयो,‘जनताले प्रतयक्ष फाइदा लिने योजना छन् ।’
नगरपालिकाले ७७ करोड १ लाख २१ हजार ५८२ रुपियाँ बराबरको नयाँ बजेट ल्याएको प्रवक्ता एवं वडा नम्वर ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले जानकारी दिनुभयो ।

 


नगरपालिकाको विगतको चार वर्ष र यस वर्षको कार्यक्रम र बजेटले प्यूठान नगरपालिकाको विकास निर्माणका आधार तय भएको उल्लेख गरिएको छ ।

 

अहिलेको बजेटमा खरको छाना विस्थापित, उज्यालो नगर, विद्युत महशुलमा छुट, सुत्केरीलाई एम्बुलेन्स सेवा, जेष्ठ नागरिकलाई निःशुल्क आँखा उपचार, द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बीमा लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम ल्याइएको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।

 


नगरपालिकाले पत्रकार सम्मेलन गरि नीति तथा कार्यक्रम र बजेटको सार्वजनिक गरेको हो । ‘नगरको सीमिति स्रोतसाधानबाट जनताको असिमित इच्छा आकांक्षा पुरा गर्ने प्रयास गरेका छौं । नगर उपप्रमुख शान्ता आचार्यले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *