प्युठान । झिम्रुक गाउँपालिका ६ मा एमालेले जितेको छ । वडा अध्यक्ष धन बहादुर पुन बिजयी हुनुभएको हो ।
पुनले ११३७ र प्रतिस्पर्धी जनमोर्चाका निमानसिह जिसिले ९०५ मत ल्याउनु भएको छ । जिसि यसअघिको वडा अध्यक्ष हुनुहुन्थ्यो ।
वडामा खुल्ला सदस्य एमालेका मित्रु गिरी र जनमोर्चाबाट हेमराज भट्टराई बिजयी हुनुभएको छ ।
जनमोर्चाबाटै महिला सदस्य खिमा कुमारी श्रेष्ठ र दलित महिला सदस्य राधिका बिक बिजयी हुनुभएको छ ।
