> स्थानीय सरकार > मल्लरानीमा गठबन्धनबाट खड्का र श्रेष्ठ विजयी


मल्लरानीमा गठबन्धनबाट खड्का र श्रेष्ठ विजयी

प्यूठान । मल्लरानी गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण ख्डका निर्वाचित हुनुभएको छ । खड्काले ३५७६ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी एमालेका शिवराज श्रेष्ठले ३०८९ मत पाउनुभएको छ ।

 

त्यसैगरि उपाध्यक्षमा नेपाली कांग्रेसका रमेश श्रेष्ठ ३३९१ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका इश्वरा आचर्याले ३०८२ मत नेकपा माओवादी केन्द्रका रुक्मीणी भट्राईले ३३१ मत पाउनुभयो ।

 

विजयी खड्का र श्रेष्ठ नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्नुभएको थियो । मल्लरानीको ५ नम्वर वडामा गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल थापा विजयी हुनुभएको छ । थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापाले ५०३ र प्रतिस्पर्धी नेकपा एमालेका राम बहादुर थापाले ४२५ मत पाउनुभएको छ ।