> स्थानीय सरकार > ऐरावती ३ मा एमाले विजयी, ४ मा गठबन्धन


ऐरावती ३ मा एमाले विजयी, ४ मा गठबन्धन

प्यूठान । ऐरावती गाउँपालिकाको ३ नम्वर वडामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका पदम बहादुर जिसी वडा अध्यक्षमा विजयी हुनुभएको छ । जिसीले ५९९ मत ल्याउनुभयो भने गठबन्धनका ५५१ मत ल्याउनुभयो ।

 

४ नम्वर वडामा गठबन्धनबाट शंकर भण्डारीले ४९४ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१९ मत ल्याउनुभयो । १ नम्वर वडामा गठबन्धन र २ नम्वर वडामा माओवादीले जित हासिल गरेको छ ।