> समाज > कोरोनाले रोकेन दिवस मनाउन


कोरोनाले रोकेन दिवस मनाउन

प्यूठान, २० चैत ।
कोरोना संक्रमणले गर्दा सरकारी तथा गैरसरकारी कार्यालयका काम ठप्प छन । जसले गर्दा विभिन्न पर्व, दिवसहरु समेत प्रभावित भइरहेका छन् । तर प्यूठानको मल्लरानी गाउँपालिकाको दुई वटा सहकारीले ६३ औं अन्तराष्ट्रिय सहकारी दिवसलाई फरक शैलीमा मनाएका छन् ।
मल्लरानी गाउँपालिकासँगको सहकार्यमा लालिगुराँस बचत तथा ऋण सहकारी संस्था सालठाटी र त्रिवेणी बचत तथा ऋण सहकारी संस्था चुँजाठाँटीले महामारीको रुप लिएको कोरोना विरुद्धको सचेतना अभियान गरेर दिवस मनाएका हुन् । जस अन्र्तगत मल्लरानी गाउँपालिकाको २ र ३ वडामा रहेका घर परिवारलाई साबुन वितरण गरिएको छ ।

तस्विर ः कृष्णराज पाण्डेय

कोरोनाको संक्रमणबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिइरहेकाले सहकारीले सावुन पानीले हात धुने वानीको विकास गर्नका लागि साबुन वितरण गरेको जनाएका छन । सावुन वितरणसँगै भएको सचेतना कार्यक्रममा गाउँपालिका अध्यक्ष अमरध्वज राना लगायतका जनप्रतिनिधि पनि सहभागी हुनुभएको थियो ।
तस्विर : कृष्णराज पाण्डेय

Leave a Reply

Your email address will not be published. Required fields are marked *