> स्थानीय सरकार > समन्वय समिति प्रमुख वडा सदस्यमा पराजित


समन्वय समिति प्रमुख वडा सदस्यमा पराजित

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य वडा सदस्यमा पराजित हुनुभएको छ । आचार्य ऐरावती गाउँपालिका वडा नं. २ बाट वडा सदस्यमा उम्मेदवार बन्नुभएको थियो ।

 

उहाँ नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट सदस्यमा उम्मेदवार बन्नुभएको थियो । यसअघि राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षमा निर्वाचित भएर जिल्ला समन्वय प्रमुख बन्नुभएको थियो ।  त्यसपछि खालि भएको अध्यक्ष पदको निर्वाचनमा स्वतन्त्रबाट भिमेस कुमार घर्ति विजयी हुनुभएको थियो ।

 

उहाँले ७०९ मत प्राप्त गर्नुभयो । उक्त पदमा ७२८ मत प्राप्त गरेर कृष्ण बहादर भैया मगर विजयी हुनुभएको हो । उक्त वडामा नेकपा माओवादी केन्द्रले प्यानल जितेको छ ।