> स्थानीय सरकार > प्यूठानमा ३ हजार ९ सय बिपन्न परिवारले राहात पाए


प्यूठानमा ३ हजार ९ सय बिपन्न परिवारले राहात पाए

सृजना सेन
प्यूठान, १ बैशाख ।
प्यूठानमा ३ हजार ९ सय ५२ घरपरिवारले राहत पाएका छन् । लक डाउनका कारण समस्यामा परेकामा परिवारलाई स्थानीय सरकारहरुले राहत स्वरुप खाद्यान्न वितरण गरेका हुन् ।

दाल, चामल, नुन, तेल लगायतको खाद्य सामाग्री प्रदान गरिएको स्थानीय तहहरुले जानकारी दिएका छन् ।

प्यूठान नगरपालिकाले १ हजार ८ सय घरपरिवारलाई राहत प्रदान गरेको छ । स्वर्गद्धारी नगरपालिकाले ३ सय ४८ घर परिवारले राहात पाएका छन् । गौमुखी गाउँपालिकामा ७ सय ६९ परिवारले राहात पाएका छन् ।

झिमरुक गाउँपालिकाले ४ सय घरपरिवारलाई राहात बितरण गर्ने योजना रहेको केहि वडामा बितरण गर्न बाँकी रहेको जनाएको छ । सरुमारानी गाउँपालिकाले २ सय ६० परिवारलाई राहात बितरण गरेको छ । त्यस्तै माण्डवी गाउँपालिकामा १ सय २५ घर परिवारले राहात पाएका छन् भने मल्लरानी गाउँपालकाले २ सय २३ घरपरिवारलाई राहत बितरण गरेको छ ।

नौबहिनि गाउँपालिकाले २७ घरपरिवारलाई राहात बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ऐरावती गाउँपालिकाले राहत बाँढ्नको लागी तथ्यांक संकलन गरेको र छिट्टै राहत बितरण गर्ने योजना बनाएको छ ।

पहिलो चरणको राहत बितरण गरिएको र लकडाउन लम्विएमा घरपरिवारको अवस्था हेरेर दोस्रो चरणको राहत बितरण गरिने स्थानीय तहहरुले जानकारी दिएका छन् ।

स्थानीय सरकारहरुले राहत वितरण सम्वन्धी मापदण्ड तयार गरेर छुट्टा छुट्टै राहत प्याकेज बनाएका छन् । परिवार संख्याको आधारमा वितरण गरिने खाद्यान्न पाउने परिवार छनौटका लागि कार्यविधि तयार बनाएका छन् ।

कार्यविधिले दैनिक ज्यालादारी श्रमिक, असाहय, असक्त अपाङ्ग, एकल महिला, बृद्धबृद्धा, बालबालिकाहरुलाई प्राथमिकता दिएको छ । चुल्हो बोल्न समस्या भएमा वडा कार्यालय वा जनप्रतिनधिहरुसँग सम्पर्क गर्न स्थानीय सरकारहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!