प्यूठान । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमाथी जिल्लामा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा उम्मेदवारी दिएका विरुद्ध कसैमाथी पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचनको कार्यतालिका अनुसार भोलि १६ गते उम्मेदवारी फिर्ता लिने समय रहेको छ । जिल्लामा विभिन्न स्थानीय तहमा बागी उम्मेदवारी समेत परेकाले फिर्ता गराउन दलहरुले पहल गरिरहेका छन् ।