> राष्ट्रिय > नौबहिनि गाउँपालिकाको प्रतीक चिन्ह बन्यो, प्रतीक बनाउनेलाई ३० हजार पुरस्कार


नौबहिनि गाउँपालिकाको प्रतीक चिन्ह बन्यो, प्रतीक बनाउनेलाई ३० हजार पुरस्कार

महेश थापा
बहाने । नौबहिनि गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) निर्माण भएको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि लोगो सार्वजनिक गरेको हो ।

 

लोगो डिजाइनका लागि पालिकाले २ पटक सार्वजनिक सूचना जारी गरेको र गुल्मी निवासी घनश्याम पराजुलीले बनाएको लोगो छनोट गरिएको गाउँपालिकाले जनाएको छ । उक्त लोगो बनाउने पराजुलीलाई ३० हजार रुपियाँ पुरस्कार दिएको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *