माधव खनाल
अर्घाखाँची । अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वार्ड न १ राजिमेकि १८ वर्षीया करिस्मा नेपालीलाइ बदेलले आक्रमण गरेकाे छ । आज बिहान स्थानीय धैरेनी बनमा साथिहरु सङ्ग दाउरा काट्न गएकाे बेला बदेलले आक्रमण गरि घाइते गराएको परिवारले जनाएका छन् ।
नेपालीकाे मल्लरानी गाउँपालिका वार्ड न ३ मा चुजाठाटिमा प्राथमिक उपचार पछि थप उपचारको लागि बिजुवार रिफर गरिएको आमा उर्मिला नेपालीले बताउनुभयाे । घाइते नेपालीको ढाड र साप्रामा गम्भीर चाेट लागेको छ ।
स्थानीय दिपक नेपालीका अनुसार बिगत केहिदिन देखि बनमा दाउरा खुलाइएको थियो ।
भुमिकास्थान नगरपालिका वार्ड्न १ कि वार्ड सदस्य चमकला नेपालीले बदेल नियन्त्रण गर्नको लागि आफुले ढाकावाङ्ग प्रहरी चौकिलाइ तत्काल निवेदन दिईने बताउनुभयाे ।
बिगत केही वर्ष देखि अर्घाखाँचीमा बदेलको बिगबिगी बढेको र कहिले खेतबारीमा लगाएको अन्नबाली नस्ट कहिले मानिस माथिको आक्रमणले याहाका जनता पीडित छन ।
