प्यूठान । प्यूठान नगरपालिका-५ जुमी्रकाँडामा भएको जीप दुर्घटनामा घाईते हुनुभएका डिलाराम घर्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते हुनुभएका ५१ वर्षीय घर्तिको उपचारको क्रममा बुटवलमा आज विहान मृत्यु भएको निवर्तमान वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर घर्तिको श्रीमती महिमा घर्तिको घटनास्थलमै ज्यान गएको थियो । पूणर्िमा मेला हेरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।
