> समाज > समावेशी शिक्षा सम्बन्धि शिक्षकरुलाई अभिमुखिकण


समावेशी शिक्षा सम्बन्धि शिक्षकरुलाई अभिमुखिकण

प्युठान । अपाङ्गता तथा समावेशी शिक्षा सम्बन्धि शिक्षकहरुलाई अभिमुखिकण कार्यक्रम आज मल्लरानी गाउँपलिकाको खलंगामा सम्पन्न भएको छ।

मल्लरानी गाउँपालिकाको सहयोग तथा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अपाङ्गताका सवालमा समावेशी शिक्षा सम्बन्धि मल्लरानी गाउँपालिका भित्रका प्र. अ. तथा शिक्षक प्रतिनिधिहरुका लागि कार्यक्रम गरिएको आयोजकले जानकारी गराएको छ।

घर परिवार तथा सामाजमा अझै पनि अपाङ्गता भएका बालबालिकाहरु शिक्षामा पहुँच पुग्न नसकेको र निशुल्क शिक्षामा पनि समस्या देखिएको बारेमा छलफल भएको थियो।

सबै बालबालिकाको शिक्षा नैसर्गिक अधिकार भएको र अपाङ्गता भएका बालबालिकालाई पनि बन्चित गर्न नहुनेमा व्यापक छलफल भएको हो।

सबै निकाय बाट अपहेलना गर्न नहुने, उनिहरुलाई सहयोग, हौसला र अवसरको लागि सरोकारवाला निकायको ध्यान जानू पर्नेमा जोड गरिएको छ।अपाङ्गताको सवाल साझा नहुदा समस्या भएको सहभागीको भनाइ रहेको थियो।

अपाङ्गत भएका बालबालिका लागि सरकारले विभिन्न नीति नियम निर्देशिका बनाएको भए पनि कार्यनयनमा समस्या देखिएकोले ब्यबहारिक र सहज रुपमा कार्यनयन गर्न सम्बन्धित निकाय बाट विशेष योजना हुनुपर्ने औल्याउँदै सहभागी प्युठान क्याम्पस प्रमुख कल्पना खड्काले स्थानीय तहको ध्यान जान पर्ने बताउनु भएको थियो।
गाउँपालिका शिक्षा साखा प्रमुख ठाकुर आचर्यले अपाङ्गता भएका बालबालिकाको सवालमा गाउँपालिका सजग रहेको भन्दै उनिहरुको हित, बिकास र निशुल्क शिक्षा प्राप्तिका लागि सहयोग गर्ने बताउनु भएको थियो।
उपस्थित सहभागीहरुले जनसमुदाय, बिधालय ब्यबस्थापन समिती, बिद्यार्थी सबैमा एस किसिमका कार्यक्रम लैजान सुझाव समेत दिएका थिए ।
अभिमुखिकारण कार्यक्रममा समावेशी शिक्षा, नेपालमा एसको प्रयोग समस्य चुनौती र अवसर र छात्रवृत्ति, अपाङ्गमैत्री संरचना, सहजरुपमा सहभागीता तथा सिकाई आदि बारेमा संघका अध्यक्ष जुमान सिंह के सी, राजेन्द्र रावत क्षत्रिले सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *