प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा बिजय बिराज बिष्ट बिजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा बिष्टले ३१४ मत ल्याएर बिजयी हुनुभएको हो ।
अध्यक्षका उम्मेदवार नेहर सिंह केसीले १७६ मत पाउनुभयो ।
उपाध्यक्षमा झग बहादुर बिश्वकर्मा २९५ मत ल्याएर बिजयी हुनुभएको छ । उपाध्यक्षका उम्मेदवार मुक्ति पोख्रेलले १७९ मत पाउनुभएको छ ।
सचिबमा माधव शर्मा बिजयी हुनुभएको छ । शर्माले २७२ मत पाउनुभयो भने सचिबका उम्मेदवार नेगन सिंह कुवरले १८६ मत पाउनुभयो ।
उप-सचिबमा दिपा घर्ती र श्रीधर रोका बिजयी हुनुभएको छ । घर्तीले ३८४ मत र रोकाले ३७२ मत ल्याउनुभएको छ । उप-सचिबका उम्मेद्वार बिनोद वलीले १७१ मत पाउनुभएको छ ।
दलित सदस्यमा राजेन्द्र गौतमले २७९ मत र पुर्ख सिंह सुनारले १७६ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
