प्युठान । प्युठानमा आज मोटरसाइकल अनियंत्रित भएर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा माण्डवी गाउँपालिका-३ मार्सिवाङ निवासी १७ बर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबि प्रसाद गैरेले जानकारी दिनुभयो ।
माण्डवी गाउँपालिका-३ स्याउलिघारीमा आज साढे ११ बजे रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते खनालको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक देबि प्रसाद गैरेले जानकारी दिनुभयो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । मोटरसाइकल चकचके तर्फ जादै थियो ।
