प्युठान । फागुन ४ गतेदेखि शुरु भएको स्वर्गद्वारी प्युठान पाँचौ महोत्सव-२०७९ मा जिल्ला भित्रका घरेलु उत्पादनको प्रवर्द्धन गरिएको छ ।
महोत्सव स्थलमा घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको बजारीकरणलाई प्राथमिकता दिएर स्टल राखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्युठानले जिल्ला भित्रका उद्धमीले उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्न नि:शुल्क ब्यबस्था मिलाएको छ ।
कार्यालयका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठले उद्धमीका लागि १४ वटा स्टलको ब्यबस्था गरिएको बताउनुभयो । जहाँ अल्लोका सामाग्री, मह, हाते कागज, ढाकाको कपडा, हर्वल सबुन, होजियारी, कृस्टल गर गहना, दालमोठ, चाउमिन लगायतका उत्पादन राखिएको छ ।