प्यूठान, ७ मंसिर । नेपाली कांग्रेस प्यूठानको सभापतिका लागि आज निर्वाचन हुँदैछ । पुर्व सचिव शिवराज रिजाल र वर्तमान सचिव विष्णु कुमार गिरी सभापति पदका उम्मेदवार हुन् ।
स्वर्गद्धारी क्याम्पसमा आज मतदान हुने कांग्रेस प्यूठानले जनाएको छ । १ हजार १ सय बढि प्रतिनिधिहरुले मतदान गर्दैछन् ।
रिजाल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने गिरी त्यस इतर पक्षका उम्मेदवार हुन् । रिजाल नौबहिनी गाउँपालिका र गिरी गौमुखी गाउँपालिकाको अध्यक्ष समेत हुनुहुन्छ ।
अन्य पद सहमतिमा टुंगो लगाईएको छ । जसको उपसभापति देवेन्द्र बर्मा र ईश्वर सिंह विष्ट सचिव टोपाराम कालाथोकी र एनपी मगर (नरेन्द्र पुन मगर), सहसचिव प्रमोद पोख्रेल र नारायण ज्ञवाली निर्वाचित भएका छन् ।
सदस्यहरु कृष्णबहादुर जि.सी., प्रतिभा पौडेल, मित्रबहादुर मल्ल, लुसा आचार्य, तिलककुमार वि.क., दामोदर कालाथोकी, रिता नेपाली, कमला शाही, विजय कुमार श्रेष्ठ, रामप्रसाद न्यौपाने, सुमित्रा गौतम, कमलराज रिजाल, किशोर महतरा, नारायणी थापा लम्साल, कमला कामी, रामचन्द्र पौडेल, भिम मरासिनी, टिका मरासिनी, बसन्तकुमार के.सी., पवित्रा जि.सी., दिपक के.सी., नेत्रमणि पोख्रेल, सुशील कुमार डागी, गोमा भट्ट, खगेश्वर थापा, चन्द्र रोकामगर, सावित्रा बुढामगर, फनि बुढा, राधा सुनार, कर्ण वि.क., देउमान थापा, नामबहादुर नेपाली, बब्बर अलि मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधि निमा गिरी, भगवता विष्ट, निसा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्म बहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझि, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् ।
तस्विर : विमल पोख्रेलको फेसवुकवालबाट






