> राजनीति > नेकपा प्यूठानको आग्रह : सामाजिक उत्तरदायित्व वहन गरौं


नेकपा प्यूठानको आग्रह : सामाजिक उत्तरदायित्व वहन गरौं

प्यूठान, २६ चैत ।
नेपाल कप्युनिष्ट पार्टी (नेकपा) प्यूठानले कोरोना संक्रमणबाट जोगिनका लागि स्थानीय सरकारले स्वाव परीक्षणका लागि पहलकदमी लिनुपर्ने बताएको छ । सरकारले प्रदेश स्तरबाट स्वाव परीक्षण शुरु गरेकाले संकास्पद व्यक्तिको स्वाव परीक्षणका लागि पहलकदमी लिन नेकपाले आग्रह गरेको हो ।

नेकपा प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले विज्ञप्ती जारी गरी सवैभन्दा बढी दैनिक ज्यालामा काम गरि खाने वर्ग समस्यामा रहेको भन्दै समस्यामा परेकालाई तत्काल राहत वितरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी संगठन कमिटी तथा संगठित सदस्यलाई सहयोग गर्न समेत नेकपाले आग्रह गरेको छ । जिल्लामा रहेका वित्तिय तथा अन्य संघसंस्थाको भूमिका कमजोर देखिएको भन्दै ध्यानाकर्षण समेत जनाइएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय सरकारसँग सहकार्य गरी सहयोगमा जुट्न नेकपाले अपिल गरेको छ ।

विज्ञप्तीमा महासंकटको विपत्तिको विषम परिस्थितीमा समेत अदृश्य स्वार्थ राखी विभिन्न आवरणमा आफुखुसी राहत वितरणमा उत्रने कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ । तथ्यांक संकलन, विश्लेषण र वितरणलाई चुस्त बनाउँदै एकद्धार नीति अवलम्वन गर्न नेकपाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!