प्युठान । नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा (एमाले) जिल्ला कमिटी प्युठानले पार्टी कार्यालय विजुवारमा श्रद्धाञ्जली सभा गरेको हो ।
एमाले नेता नेम्वाङले पार्टीमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र केसीले जानकारी दिनुभयो । स्वर्गीय नेता नेम्वाङको तस्विरमा माल्यार्पण गरिएको उहाँले जानकारी दिनुभयो । नेकपा (एमाले) प्युठानले पार्टीको झण्डा आधा झुकाएको छ ।
