प्यूठान, २३ बैशाख । प्यूठानमा थप एक हप्ता लकडाउन गर्ने निणर्य भएको छ ।
जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकले एक साता लकडाउन गर्ने निणर्य गरेको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
यसअघि बैशाख १८ गतेदेखि बैशाख २४ गतेसम्मका लागि एकसाता लकडाउन गर्ने निणर्य बैठकले गरेको थियो ।
अब बैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ ।






