> सम-सामायिक > प्यूठानमा आरडीटी किट आयो, परीक्षण पुनः शुरु गरिदै


प्यूठानमा आरडीटी किट आयो, परीक्षण पुनः शुरु गरिदै

प्यूठान, २९ बैशाख । प्यूठानमा आरडीटी किट आएपछि आरडीटी जाँच पुनः शुरु भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार थप तीन सय आरडीटी किट प्राप्त भएको हो । किट प्राप्त भएसँगै क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी जाँच शुरु गर्न लागिएको ¥यापिड रेस्पोन्स टिमका फोकल व्यक्ति पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । यसअघि तीन सय २० किट प्यूठानमा आएको थियो ।

५५६ जना परीक्षण विना क्वारेन्टाइनबाट घर फर्किए

आरडीटी किट अभावले क्वारेन्टाइनमा बसेका पाँच सय ५६ जना आरडीटी जाँच विना घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन बसेर उनीहरु जाँच विना घर फर्किएका हुन् । बैशाख २१ देखि २८ गतेसम्म उक्त संख्यामा घर पठाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

स्वर्गद्धारी नगरपालिकाबाट एक सय ३९, माण्डवी गाउँपालिकाबाट ४६, सरुमारानी गाउँपालिकाबाट ८९, ऐरावती गाउँपालिकाबाट ८९, मल्लरानी गाउँपालिकाबाट १४, नौबहिनी गाउँपालिकाबाट ६२, झिमरुक गाउँपालिकाबाट नौ जना र गौमुखी गाउँपालिकाबाट एक सय ८ जना जाँच विना घर गएका हुन् । घर गएर एक हप्ता सुरक्षित बस्ने शर्तमा उनीहरुलाई घर पठाइएको हो ।

हाल जिल्लामा पाँच सय २६ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!