प्यूठान – दाङका २ जना सहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिवार गरिएको परिक्षणमा दाङका २ जना र कपिलवस्तुका ९ जना गरि ११ जनामा कोरोना पोजेटिभ देखिएको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका का.मु रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये २ जना दाङका गढवा गाउँपालिकाका र अन्य ९ जना कपिलवस्तुको विजयनगर गाउँपालिकाका रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०५३ पुगेको छ जसमध्ये १८७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।
यसअघि विहिवार मात्रै १५६ जना कोरोना संक्रमित भेटिएका थिए ।
