
प्यूठान २१, वैशाख । प्यूठान नगरपालिका ८ दम्तीमा बोलेरो पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
लु २ च ६७८१ नम्बरको पिक अप दुर्घटना हुँदा प्यूठान नगरपालिका ८ बाग्दुला निवासी २१ वर्षिय समर कवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले जानकारी दिनुभएको छ ।
र्दुघटनामा २ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा गौमुखी गाउँपालिका ४ पुँजा निवासी २३ वर्षिय लोकेन्द्रे के.सी. र गौमुखी गाउँपालिका १ अर्खा निवासी १७ वर्षिय कृष्ण सुनार रहनु भएको छ । घाईतेको प्यूठान अस्पताल विजुवारमा उपचार भईरहेको छ ।
बाहानेमा खाद्यान्न पुर्याएर बाग्दुला फर्कँदै गर्दा बेलुका करिव ७ बजे दुघटना भएको थियो ।





