> राजनीति > प्यूठानमा गठबन्धन दलले जारी गरे संयुक्त विज्ञप्ती : तिक्ततापूणर् व्यवहार नर्गन कार्यकर्तालाई आग्रह


प्यूठानमा गठबन्धन दलले जारी गरे संयुक्त विज्ञप्ती : तिक्ततापूणर् व्यवहार नर्गन कार्यकर्तालाई आग्रह

प्यूठान । जिल्लामा रहेका पाँच दलीय राजनैतिक गठबन्धनमा आवद्ध राजनैतिक दलले केन्द्रले जारी गरेको संयुक्र अपिलप्रति प्रतिवद्ध रहेको जनाएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै जिल्लामा गठबन्धन दलहरुबीच आपसी एकता, सहमती र सहकार्यका साथ अघि बढ्न प्रतिवद्ध रहेको घोषणा गरेका हुन् ।

 

गठबन्धनले आपसी मतमतान्तर र सानातिना तिक्ततालाई थाति राख्दै स्थानीय स्तरसम्म गठबन्धन दलहरुबीच आपसी सम्बन्ध बढाउन, एक आपसमा तिक्ततापूणर् व्यवहार नगर्न र प्रतिगमन विरुद्ध साझा सहमितका साथ अघि बढ्न कार्यकर्तालाई अपिल समेत गरेको छ ।

 

विज्ञप्तीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताले हस्ताक्षर गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *